मानव जिवनमा पानीकाे महत्व र यसकाे प्रयाेग ।

 

 



साधारण देखिने तर अत्यन्त महत्वपूर्ण रहेको पानीलाई धेरैलाई चिनाउन पर्दैन । हरेक पल पलमा अति अfवश्यक पर्ने पानी भएको हामी सबैलाई थाहा नै छ । हामीले पानी प्रयोग कसरी गरेका छौ र पानीको कमी हुदा के असर पर्दछ भन्ने धेरैलाइ थाहा नहुन सक्छ । थाहा नभै प्रयोग गरेको पानीबाट करीब ७० प्रतिशत रोग पानीकै कारण बाट हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको अनुस्न्धानबाट समेत पुस्टी गरीसकेको छ ।बजारमा बितरण हुने बिभिन्न प्रकारका पानीहरूमा उत्पादन मिति र समय समाप्त हुने मिति स्पस्ट उल्लेख हुनु पर्दछ । कतिपय पानीका जार वा बोत्तलमा तेस्ता बिषयलाइ ध्यान दिइएको पाइएको छैन जस्ले गर्दा मानव जिवनमा अfफैले अfफैलाइ रोगहरू निम्ताइ रहेका छोँ । तसर्थ प्राणी जगतको जिवनलाइ ख्याल गरेर पानीको प्रयोग गरैँ र नियमन कार्य निकायबाट प्रभाभकारी अनुगमन हुनु जरूरी छ । पानी कमि हुँदा हुने समस्या र पानीबाट हुने फाइदालाइ गम्भिर रूपमा मनन गर्न सकीयो भने हाम्रो जिवन केहि हद सम्म स्वस्थ रहन सक्छ ।

शरीरमा पानी कमी भएको लक्षणहरू

टाउको साह्रो गरी दुख्छ : टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन । अहिले त टाउको दुखेपनि कोरोनाको शंका मनमा उत्पन्न हुन्छ । तर त्यसो होर्इन त्यसको कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ तत्काल भोक लाग्छ : बढी तिर्खा लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुने : जब मानिसले आफूलाई चाहिनेजति पानी पिउदैन, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले आफुलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ । चिन्ता समेत बढाउछ ।

काममा ध्यान जाँदैन : दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द वा सुस्त हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन । एकाग्र भएर केहि सोच्न सकिदैन ।

छाला सुक्खा हुन्छ : चलिरहेको मौसम विपरीत प्राय: मानिसको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि मानिसले नरम र सुन्दर छाला चाहन्छ भने आवश्यकता अनुसार प्रशस्त पानी पिउनुपर्छ । पानीको कमीले गर्दा छालालार्इ खराव बनाउदछ ।

पिसाब पहेँलो हुने : मानिसले पिसाव फेर्दा पहेलो आयो भने पिसावको खराबी भयो भनेर आत्तिने गर्दछन् । पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नु पर्छ र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर,धेरै पहेँलो छ भने पक्कै पनि पानीको कमी भएको हुन्छ । त्यसैले पानी प्रसस्त पीउन भुल्न भएन ।

एसिडिटी बढ्छ : एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछ : यदि आफ्नो मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । त्यसलार्इ ख्याल गरेर पनि पीउनु पर्दछ ।

चक्कर लाग्ने वा अचानक डराउने : अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउने : यदि शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छ : प्राय: मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पानी पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ : पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

शरीरमा पानीको कमी हुँदा देखिने असरहरु

१. स्वास गन्हाउने :
हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरानमा बोल्दा जब आफ्ना सहकर्मीहरु परपर सर्छन अनि मात्रै आफुलाइ महसुस हुन्छ कि पानी पिउन भुलेको र आफ्नो सास आफुलार्इ गन्हाई रहेको हुन्छ ।

२. शारीरिक क्षमतामा कमी :
शरीरमा पानीको मात्रा कम हुँनासाथ शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ भन्ने विज्ञहरूको भनार्इ र अनुसन्धानबाट पत्ता लागेको छ ।
३. सुख्खा छाला :
छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।
४. ड्राइभिङ क्षमतामा असर :
फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
५. थकान :
शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।
६. खराब मुड :
हरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइन्छ ।
७. शरीर चिसो बनाउछ :
रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
८. आँखा धमिलो हुने र तिर्मिराउने :
पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।
९. टाउको दुखाई :
चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।
१०. कब्जियत गराउछ :
आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

प्रसस्त पानी पीउदा हुने फाइदाहरू

१. शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।
२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नु पर्दछ ।
३. टाउको दुखाई कम गर्न, निको पार्न र दुखार्इ कम गर्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।
४. यदि पेटको कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्दा कब्जीयतको समस्या समाधान हुन्छ ।
५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।
६. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।

कुन समयमा कति पानी पिउने

१. बिहान उठ्नेबित्तिकै खाली पेटमा एकदेखि दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसमा मह र कागती मिसाएर पिउँदा झन् राम्रो हुन्छ ।

२. खाना खानु एक वा आधा घन्टा अगाडि एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले तपाईंलाई भोक लागेको कम गराउँछ । जसले तौल बढ्न पाउँदैन र पाचन शक्तिलाई पनि बढाउँछ ।
३. यदि खाना खाँदा तिर्खा लाग्छ भने सो बीचमा पानी पिउनु हुँदैन । यस्तो वेलामा दही या सलाद खाँदा राम्रो हुन्छ । पानी पिउने बानी छ भने तत्काल छाडेको राम्रो हुन्छ ।
४. यदि अफिसमा काम गर्दागर्दै थकान भएको महसुस भएको छ भने खाजा खानुको सट्टा एक गिलास पानी पिउँदा, तत्काल जिउमा स्फूर्ति आउँछ ।
५. बिहान, दिउँसो साँझ र राति क्रमश: पानी कम पिउँदै जानु राम्रो हो ।
६ यदि दैनिक व्यायम गरिन्छ भने व्यायाम सुरु गर्नुपूर्व र गरिसकेपछि सक्दो पानी पिउनु राम्रो हुन्छ ।
७. यदि बिरामी हुनुहुन्छ, गर्भवती हुनुहुन्छ या स्तनपान गराउने आमा हुनुहुन्छ भने सामान्य अवस्थाभन्दा बढी पानी पिउनुपर्छ । यस्तो समयमा कम्तीमा एक दिनमा १० गिलास पानी पिउनुपर्छ ।
एक दिनमा पानी कति पिउने र कति – कति बेला पिउने

पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुराअव हामी सवैलाई थाहा भै सक्यो । तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाहा नहुन सक्छ । चिकित्सकहरुले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिवेला पिउनु पर्छ भनेर बताएका हुँदैनन । तर हामीले केही विज्ञसंग यसबारेमा कुरा गरी पानी पिउने ठीक समयको बारेमा जानकारी लिने कोशिस गरिएको छ ।
पानी कतिवेला पिउने ?
विहान उठनासाथ एक गिलास पानी पिऔँ :
विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ । विज्ञहरुका अनुसार विहानको खाजा खानु अघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ ।

खाना खानु भन्दा पहिले एक गिलास पिउँ :
खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन् ।

खाना खाएपछि एक गिलास पानी पिउँ :
खाना खाएपछि करिव १५ मिनट पश्चात एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ । तर अति पहिला र अति पछि चाहि नपिएको राम्रो ।

नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो :

हामीले नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुन जान्छ । यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो :

सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ । तर विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, वातावरण, र काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तै : कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ ।

धेरै चिसो पानी पिउनुका बेफाइदा

गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ । गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । कोरोना भार्इरसबाट सुरक्षित रहन ठिक्क तातो पानी पीउदा राम्रो मानिन्छ ।

यसका बेफाइदाहरु के – के रहेछन् :

१. धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।
२. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।
३. धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।
४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

फ्रिजको चिसो पानी सिधै पिउनु हुदैन
गर्मीको समयमा मानिसहरू प्राय: फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानी पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ :
वजन बढाउँछ : खाना खाने बित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

घाँटीको संक्रमण : धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ ।

शरीरको तापक्रममा असर गर्छ : शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

पाचन प्रक्रियामा असर : बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।
यसरी पानीलार्इ हामीले सहि तरिकाले प्रयोग गर्न सकेमा यसका धेरै फार्इदाहरू छन्। पानीको महत्वलार्इ बुझेर सही प्रयोग भएमा शारीरिक तन्दुरूस्ती मात्र होर्इन शक्ति पनि प्रदान गर्दछ । आज विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाको सन्त्रास पनि पानीको समुचित प्रयोगबाट कमी गराउन सकिन्छ । त्यसैले सफा र शुद्ध पानी हाम्रो जीवन हो जीवनको रक्षा पनि पानीबाट हुन्छ । धन्यबाद ।।
(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

Published By:

 http://www.rashtriyamedia.com | LINK 

www.jaljalakhabar.com |  LINK

 
 
 
 
 
 







Comments