” हार्दिक शुभकामना”

 


टेकराज पन्थी ।
यस वर्षको निजामती सेवा दिवसको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने रहेकाे छ ।

सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निजामती सेवा दिवसकाे अवसरमा हार्दिक मंगलमय शुभकामना छ । पुरस्कृत हुनु हुने सवैलाई बधाई छ ।साथै आगामी दिनमा निजामती सेवालाई स्वच्छ र सक्षम बनाई समृद्धि र सुशासन कायम गर्न केवल नारामा मात्र सीमित नबनाेस, विषम परिस्थितिमा कार्य गर्ने राष्ट्रसेवककाे उच्च मुल्यांकन हाेस, सवै निजामती कर्मचारीहरुकाे मनाेवल उच्च राख्न सवै पक्षकाे सकारात्मक सहयाेग र प्रेरणा मिलाेस, काेभिड-१९ काे माहामारीलाई सवै मिलेर नियन्त्रण गराै, निजामती सेवामा स्वच्छता र सक्षमता कायम गर्नका लागि राजनीतिले प्रशासनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने शक्ति मिलाेस, निजामती सेवक स्वयं पनि व्यक्तिगत स्वार्थभन्दा माथि समाज र राष्ट्रको हितलाई कायम राख्न उत्प्रेरित हुने वातावरण मिलाेस, सुशासन, सेवा प्रवाहको स्तर, राष्ट्र सेवकहरुको गरिमामा बड़ोत्तरी हुदै जाने वातावरण बनोस,पेशागत मर्यादा, हक, हित र राष्ट्र सेवामा ईमान्दार साथ जुटन सवैमा उत्प्ररेणा मिलाेस भन्ने कामनाका साथ पुनः १७औँ निजामती सेवा दिवस २०७७ काे अवसरमा सवैमा हार्दिक शुभकामना छ ।

Comments